Thursday, May 7, 2015

ब्लु–फिल्मदेखि बलिउडसम्म - सन्नी लियोनको अभिनय यात्रा

पछिल्लो समयमा सबैभन्दा चर्चित बलिउड अभिनेत्री सन्नी लियोनको बिगत सुन्दा जो कोहिले पनि जिब्रो टोक्छन । बयस्क फिल्म खेलेर अभिनय क्षेत्रमा हात हालेकी सन्नी अहिले बलिउड सेलिब्रेटी भइ सकेकी छिन र अब उनी आफ्नो बिगतलाई भुल्न चहान्छिन ।  भारतीय मुलकी क्यानेडिन पोर्न स्टार सन्नी अघिल्लो बर्ष इन्टरनेटमा सबै भन्दा बढी खोजिएकी बलिउड सेलिब्रेटी हुन । बलिउड प्रबेशको छोटो समयमा नै धेरै सफलता हाँसिल गर्न सफल सन्नीको बारेमा साना-साना कुरा मिडियाले लेख्ने गर्दछन ।

अब सन्नी लियोन को बारेमा जानकारी:
  • सन्नीको जन्म १३ मे १९८१ मा क्यानडाको सार्निया शहरमा भएको थियो। 
  • उनका तिब्बतियन बाबु र हिमाञ्चल प्रदेशकी आमा सन्नी जन्मनु भन्दा अघाडी नै क्यानडा स्थाई बसोबास गर्न गएका थिए। 
  • बाल्यकालमा सन्नी राम्रो बास्केटकल खेल्थिन । 
  • सन्नीले ११ वर्षको हुँदा पहिलो चुम्बन गरेकी थिइन् भने १६ वर्षमै उनले आफ्नो कुमारीत्व गुमाएकी थिइन्। 
  • १६ बर्ष देखि नै उनि सेक्सप्रति उत्सुक हुँदै गएकी थिइन् भने उनले १९ बर्षको उमेरमा उनले ब्लु फिल्म खेल्न थालेकी थिइन्। 
  • उनको पोर्न फिल्ममा काम गर्ने पेशाको बारेमा परिवारलाई भन्न खोज्दा उनको पञ्जाबी परिवारले उनलाई तेस्तो काम नगर्न सुझाव दिएको थियो । तेसैले उनले परिवारलाई ढाँटेरै तेस्तो काम गर्न थालि्न्।
  • उनी सन् २००३ मा ‘पेन्टहाउस अफ द इयर’ घोषित भएपछि भने परिवारले सन्नीको बास्तबिक कामको बारेमा थाहा पाएको थियो।
  • ‘पेन्टहाउस अफ द इयर’ भए पछि बस्यस्क फिल्मको उद्योगमा सन्नीको माग निकै बढ्यो। उनलाई बयस्क फिल्म बनाउने चर्चित कम्पनी भिभिड प्रोडक्सनले तीन वर्षको कन्ट्रयाक पनि साइन गराएको थियो। 
  • सन्नी अभिनेत्री मात्र नभएर एडल्ट फिल्म की निर्मात्री पनि हुन्। सनलस्ट पिक्चर नाम गरेको उनको आफ्नै प्रोडक्सन कम्पनी पनि छ। 
  • सन्नीका साथ साथै उनका पति डानियल बेबर पनि पोर्न स्टार हुन्। 
  • सन्नी बलिउडमा स्थापित भए पछि उनका  पतिले पनि बलिउडमा फिल्म खेल्न थालेका छन्। फिल्म ‘ज्याकपट’मा सन्नी मूख्य भूमिकामा छिन भने डानियलले पनि यो फिल्ममा काम गरेका छन् । 
  • डानिलय सन्नीका पतिका साथ साथै उनको पर्सनल म्यानेजर पनि हुन्। 
  • सन्नीलाई इटालियन खाना मन पर्छ र पास्ता उनलाई एकदम मन पर्ने खाना हो । 
  • उनलाई घुम्न पनि मन लाग्छ भने वासिङटन डिसी उनको मन पर्ने पर्यटकीय स्थाल हो। 
  • उनले आफ्नो कुकुरलाई उनको मिल्ने साथी हो पनि भन्छिन । उनको घरमा २ वटा कुकुर पालिएका छन् र उनी घरमा धेरै जसो समय कुकुर संग बिताउन मन पराउँछिन । 
  • अहिलेसम्म सन्नीले ३० भन्दा बढी बयस्क फिल्म खेलिसकेकी छिन्
  • अब भने ब्लु फिल्म छोडेर उनी बलिउडको मेनस्ट्रिम हिरोइन बन्न चाहान्छिन्। 
  • उनका पहिलो बलिउड फिल्म ‘जिस्म २’ ले उनलाई बलिउडमा स्थापित गरिदियो 
  • त्यस पछि रिलिज भएका ‘रागिनी एमएमस २’, ‘ज्याकपट’, 'एक पहेली लीला' र 'कुछ कुछ लूचा है' प्रदर्शन भइ सकेका छन् भने ‘टिना एण्ड लोलो’ र 'मस्तीजादे' प्रदर्शनको क्रममा छन्।
  • उनले ब्लकबस्टर फिल्म ‘सुट आउट एट वाड्ला’मा आइटम डान्स गरेकी छन्। भने 'भाडाकरी', हेट स्टोरी २', 'बल्बिंदर फेमस हो गया' आदि फिल्म मा पनि आइटम डान्स गरेकी छिन
  • बलिउडमा प्रवेश गर्नुभन्दा पहिले तीन वटा हलिउड फिल्ममा केमियो रोल मा काम गरे पनि ती फिल्मले उनको करिअरलाई कुनै दिशा दिन सकेन ।

No comments:

Post a Comment